सिंह र भुसुनो
एक दिन एउट सिंह आफ्नो सिकार सकेर रूखको छहारीमा सुतिरहेको थियो । उ एक निन्द्रा सुतेर बेलुकि तिर गस्तिमा निस्कने योजनामा थियो । सिंहलाई निन्द्राले छोएको मात्र के थियो, उसले कानमा के ले भुनभुनाएको सुन्यो । यसो आँखा खोलेको त एउटा भुसुना पो रैछ। उसले रिसाएर भुसुनालाई भनेछ, ए यहाँबाट गइहाल नत्र तेरो हालत खराब हुन्छ ।
भुसुनाले पनि उसको कुरा सुनेको नसुने झैं गरी चिच्याइरह्यो। साह्रै भएर सिंहले भुसुनालाई नराम्ररी हकारेछ ।
भुसुनाले पनि उल्टै सिंहलाई जवाफ दिएछ, तँलाई अरूले राजा भने भन्दै म डराउँछु भनेको, के गर्न सक्छस गर।
यति भनेर भुसुनाले सिंहको नाँकमै बसेर टोकिदिएछ ।
सिंहले पनि भुसुलोलाई हान्ने झोकमा आफ्नै पञ्जाले आफ्नो नाकमा हान्यो । भुसुनो चाँहि फुत्केर उसको खुट्टामा बस्यो, सिंहले भुसुनो टोक्न भन्दै आफ्नो खुट्टा टोक्यो । यस्तो क्रम धेरै चले पछि सिंह, आफ्नै प्रहारले चोटै चोट भयो । र उसले हार मान्यो ।
उता भुसुनो भनें जंगलको राजा सिंहलाई जितें भनेर निकै खुशी भयो । यो खबर अब सबलाई सुनाउँछु भन्दै उड्ले अलि पर मात्र के पुगेको थियो । खुशीले आँखा नदेखी उडेको कारण एउटा माकुरो जालमा पर्यो । त्यत्रो ठुलो सिंहलाई जितेको भुसुनो आफ्नो घमण्डको कारण, आखिर एउटा माकुरो आहारा बन्यो ।
सहासि हुनु बिजयि हुनु ठिकैछ, तर बिजयको घमण्डले चाहिँ पतन गराँउछ। यहाँहरूलाई पनि सुझाब छ है, खुशी हुनुहोस् तर घमण्डि नहुनुहोस् ।
हितोपदेश 16:18
सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ।