भेंडाको बगाल र एउटा बंगुर
एक दिन एउटा भेडाको चरनमा बाटो बिराएर एउटा मोटो खाइलाग्दो बंगुर आइपुगेछ । भेंडाहरू र बंगुरको भलाकुसारी चल्न लाग्यो । भेंडाहरूले आफुहरूलाइ हेर्ने गोठालो अति दयालु भएको र अब हाम्रै बगालमा रहन त्यस बंगुरलाइ सुझाव दिए छन् । भेंडाहरूको कुरा सुनेर बंगुर पनि त्यहि चरन नजिकै भएको आलमा खेल्दै भेंडाहरू सँगै चर्न लागेछ । केहि बेर पछि गोठालो पनि यसो आफ्ना भेंडाहरू कता तिर लागे भन्दै हेर्न आइपुग्यो । उसले बडेमानको बंगुरलाइ आफ्नो भेंडाहरूको साथमा चरेको देख्दा धेरै खुशी भयो । र त्यस बंगुरलाइ छोप्न लाग्यो । बंगुर पनि तर्सेर यसो भाग्न मात्र के सोचेको थियो, भेंडा गोठालाको हातमा परिहाल्यो । गोठालोले मनमनै त्यस बंगुरलाइ कसाइकोमा लगेर काटकुट पार्ने योजना बनायो । उक्त बंगुर गोठालाको हातबाट फुस्कन उफ्रन लाग्यो र चर्को सोरले च्वाँइ च्वाँइ गरेर कराउन लाग्यो ।
यो सब देखेर भेडाहरू दंग परेछन्, र बंगुरलाइ भनेछन्, हाम्रो गोठालाले समात्दैमा त्यसरी आत्तिनु पर्छ र? हामीलाइ पनि उसले बारम्बार छोप्छ, हामी त चप लागेर उसँग जान्छौं र केहि बेर पछि फर्किन्छौं । बंगुरले कराउँदै जवाफ दियोः तिमीहरूलाइ उसले लग्यो भने पनि उन काडेर छाड्छ, मलाइ लग्यो भनेत यसले पोलेर पो खान्छ ।
हामी आफु सुरक्षितहुँदा, सम्पन्न हुँदा अरूलाइ केहि छैन जस्तो गरेर साहसी पना देखाउन सकिन्छ होला तर जसको जीवनमा खतरा छ उनीहरूको दुःख र संघर्ष बुझ्न सक्दैनौं । नेपालमा विषेस गरी जात भातको भेदभाव छ, जसले यसलाइ भोग्दैनन्, उनीहरूलाइ नेपाली समाज एकदम मिजासिलो लाग्ला तर जसले दुर्व्यवहार भोग्छन् उनीहरू अनुभव फरक हुन्छ । अरूको दुःखको मजाक नउडाउँ ।
रोमी 12: 16
एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।