एक जना मानिसले जंगतलको छेवैको गाउँमा रूख काट्ने, चिर्ने आदि काम पाए । तलव पनि राम्रै रैछ, र सँगै काम गर्नेहरू र काम गराउने मालिक पनि मन परेछ । त्यसैले उसले सोच्यो म मेहनत गरेर काम गरेर काम गर्छु । उसको मालिकले उसलाइ रूख ढाल्ने जिम्मा यो । उ पनि खुसी हुँदै मज्जाले बन्चरोले रूख काट्न लाग्यो ।
पहिलो दिन उसले १८ वटा रूख ढाल्यो । यो देखेर उसको साउ धेरै खुशी भयो उसको काममा ।
भोलि पल्ट उसले १५ वटा रूख ढाल्यो ।
अनि पर्सि पल्ट १२ वटा रूख ढाल्यो ।
त्यस्तै गरेर केही दिन पछि जति बल गरे पनि ८ वटा भन्दा बढि रूख ढाल्न नसक्ने भयो ।
उ अलिक चिन्तित भएर, मलाइ साउले केहि भन्ने होकि, यसै गरी मेरो काम घट्दै जाने हो भने त मलाइ उसके कामबाट निकाल्छ होला । उसले सोच्यो जे भए पनि म आफैँ गएर कुरा गर्नु पर्यो ।
उसले साउलाइ भेटेर भन्योः साउजी, म त कम्जोर भएँ कि के भयो, हिजो आज त धेरै रूख काट्नै नसक्ने भएको छु । पहिलो दिन त १८ वटा रूख ढालेको थिँए, हिजो त बल्ल बल्ल् ८ वटा मात्रै सकें ।
साहुले उसको अनुहार हेर्यो, आफैले आएर आफ्नो काम घटेको कुरा गर्ने यो मान्छे ठग त पक्कै होइन के भएछ ।
साहुले भन्यो तिमीले बन्चरो कहिले र कसरी उद्याउँछौ ।
उसले भन्यो म त दिन भर रूख काट्न ब्यस्त छु, बञ्चरो उद्याएर बस्ने फुर्सद कहाँ छ र मलाइ ?
साहुले भन्यो बञ्चरो उद्याउनु पनि काम नै हो । सँधै बञ्चरो उद्याएर मात्र रूख काट्न जाउ ।
त्यस दिन पछि उसले सधैं बञ्चरो उद्याउँदै रूख ढाल्न लाग्यो । उसले दिनमा ढालेका रूख १८ भन्दा कमि कहिल्यै भएन, बरू कहिले कहिँ २० २२ नै पुर्याउँथ्यो ।
कहिले कहिँ हामीलाइ के लाग्छ भने कडा परिश्रम नै सबै भन्दा महत्वपूर्ण हो । हो मेहनत गर्नेले नै फल पाउँछ । तर हामी सबैले समय समयमा रोकिएर उद्याउनु पर्ने कुराहरू, भर्नु पर्ने कुराहरू, खालि गर्नु पर्नेकुराहरू पुरा गर्नु पर्दछ । त्यसो गर्यो भने सोहि काम, सजीलो, त्यही जीवन आसिसित हुन्छ, त्यही ठाउँ रमाइलो हुन्छ ।
प्रस्थान २०:8- 11
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू। 9छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, 10तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्। 11किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो।