सुन्दरता
एक बगैँचामा एउटा झुसिल्कीरो रहेछ । उस्को रंग अरू झुसिल्कीरो भन्दा अलि चम्किलो, आकर्षण थियो । त्यसैले उसले धेरै आत्मविश्वास राखेको थियो आफू सुन्दर हुनुमा । उसले सोच्न थाल्यो, जब म पुतली हुन्छु म सबै भन्दा सुन्दर हुन्छु । समय बित्तै गयो उ पनि झुसिल्कीरो बाट प्युपामा परिणत भएर एउटा फूलको हाँगामा झुन्डिन पुगेछ ।
त्यसको केही हप्ता पछि उसका पखेटाहरू पलाएछन् र उ पुतली बनेर सबै तिर उड्न लागेछ । उसका साथीहरू पनि रंगी बिरंगी पखेटाहरू सहित उड्न थालेछन् उड्दै उनीहरू एक तलाउको माथि उड्न पुगेछन् । तलाउमा आफ्नो छाँया हेर्दा त त्यस पुतली झसंग भएछ । किनभने उसको पखेटा उसका साथीहरूको जस्तो चम्किलो थिएन तर एक दमै फुस्रो खैरो खैरो अँधेरो रंगको थियो । उसले आफैलाई आफ्नो साथीहरूको सुन्दरताको अघि अति नराम्रो, कुरूप देख्न लागेछ । र उसले आफ्ना साथीहरूबाट अलग भएर एक्लै आफ्नो घर फुलको बोट तिर लागेछ र एक्लै समय बिताउन लागेछ ।
साँझ हुँदै गर्दा उसका साथीहरू पनि आफ्नो दिन चर्या सकेर सोहि फूलको बोट तिर आएछन् । उसका साथीहरूलाई उसको मन भित्रको पिडा केहि थाहा थिएन । राति धेरै बेर उसका साथीहरू मिठामिठा कुरा गरिरेछन् । कुरा गर्दा गर्दै उसको एक साथी उसलाई भनेछ । ए तेरो पखेटा रातको आकास जस्तै छ त । उसलाई साह्रै नमीठो लागेछ । अनि अर्कोले थपेछ, मेरो पनि त्यस्तै राम्रो भएको भए कति खुशी हुन्थें । उसले केही नबुझि, आफ्नो प्वाँख हेरेछ, र माथि आकास हेरेछ ।
भलै रातको आकास अँध्यारो किन नहोस्, तर त्यसमा चम्केको ताराहरूको चम्काइले त्यो अतिनै सुन्दर थियो । अनि उसलाई लाग्यो हो त नि म त रातको रानी पो त, अँध्यारो मा चम्किने ।
कति चोटि हामीले सुन्दरतालाई गोरो पन, कसैको जीउडाल, उचाइ, साइज आदि सँग तुलना गर्दै हामीले आफैलाई सुन्दर देख्दैनौं तर जानी राखौं कि सुन्दरता हाम्रो आत्मीय गुण हो । हामी अरू सँग दाँजिन बनाइएका होइनौं । तलको खण्ड पढ्नुहोस् र सँधै ढुक्क हुनुहोस् कि तपाइ अरू जस्तो नदेखी ए पनि एक दमै सुन्दर हुनुहुन्छ । किनभने तपाइमा परमेश्वरको प्रतिरूप छ ।
उत्पत्ति 1:27 27
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।