रिस र किल्ला
एउटा केटो थियो एक दमै रिसाहा थियो र उ आफ्नो रिस नियन्त्रण गर्न नसकेर, अलि कति रिस उठ्यो भने जथाभाबी बोल्ने, समानहरू फ्याँक्ने, अरूलाई पिट्ने आदि गर्थ्यो । र पछि उसलाइ गल्ती महसुस भयो भने सरि भनेर माफ माग्ने पनि गर्थ्यो । तर फेरी भोलि पल्ट उस्तै सुरू ।
उसको बुवाले उसलाई सवक सिकाउनु पर्यो भनेर एक झोला फलामको काँटीहरू र एउटा ह्याम्मर दिएर भनेछ । अब देखी हरेक पटक तँलाई रिस उठ्छ, तैले एउटा काँटी यो काठको भित्तामा गाड्नु । त्यस केटाले पहिलो दिन ३२ वटा काँटी त्यो भित्तामा गाडेछ, तर भोलि पल्ट उसले अलिक थोरै किल्ला त्यो भित्तामा गाडेछ, किन भने उसलाई त्यो किल्ला गाड्न भन्दा रिस थाम्न सजिलो लागेछ ।
त्यसरी प्रत्येक दिन उसको किल्ला गाड्ने काम घट्दै गएछ भने रिस थाम्ने शक्ति बढ्दै गर्छ । उसलाई महसुस भयो कि किल्ला गाड्नु भन्दा रिस थाम्न सजिलो रहेछ । एक दिन उसले कुनै पनि किल्ला गाड्नु परेनछ ।
उसले आफ्नो बाबुलाई भनेछ, बुवा मैले आज कुनै पनि किल्ला गाडिन । उसको बुबाले उसलाई भनेछ अब देखि तैले रिस थाम्न सकेको बखत एउटा किल्ला यो भित्ताबाट निकाल । त्यस केटाले पनि आफूले रिस थाम्न सकेको एउटा एउटा किल्ला निकाल्दै गएछ । एक दिन उसले आफ्नो बाबुलाई भनेछ, अब किल्ला एउटा पनि बाँकी छैन ।
बाबुले छोरालाई स्याबास भनेछन् । त्यस भित्तामा लगेर त्यहाँ भएका किल्लाले पारेका प्वालहरू देखाउँदै भनेछन् । तैंले किल्ला झिक्दै मा यो भित्ता पहिलाको जस्तै रहँदैन । अब यो भित्तामा ति प्वालहरू सधैं रहन्छन् र सबै भन्दा असल त यो भित्तामा किल्ला नै नगाड्नू हो । तैले आफ्नो रिसमा जथाभाबी बोलेर पछि सरि भनेर माफ मागे पनि त्यसले यो भित्तामा जस्तै मनमा दुखाइ दिएको हुन्छ । पछि माफ माग्नु भन्दा पहिले नै रिस नदेखाउनु असल हुन्छ ।
हामी पनि रिसमा आवेगमा आएर, ती फेरी मेट्न नसकिने दागहरू हाम्रो सम्बन्धहरू मा नबनाउँ । पछि माफ मागेता पनि भित्र कहिल्यै नमेटिने चोट परिसकेको हुन्छ ।
एफिसि 4: 26-27
क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्, र दियाबलसलाई मौका नदेओ।
क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्, र दियाबलसलाई मौका नदेओ।