जंगलमा महामारी
एक जमानामा एउटा जंगलमा ठुलो महामारी फैलिएछ । धेरै जनावारहरू मरेछन्, धेरै विरामि भएछन् र आफ्नो खाना पनि सिकार गर्न, चरनमा जान नसक्ने भएछन् । यो सबै देखेर जंगलको राजा सिंहले एक सब जनावरहरूको भेला गराएछ । जब जंगलका सबै जनावरहरू भेला भएछन् । त्यस पछि राजा सिंहले सभामा बोल्न थालेछन् । यो माहामारी हामी सबैले गरेको पापको कारण हुनुपर्छ । यदि हाँमी बाँच्न चाहने हो भने आजै हामीले हाम्रो पापको पश्चाताप गरौं । जो सबै भन्दा बढि पापी भेटिन्छ उसैलाइ इश्वरको सामु बलिदान चढाउँ । पश्चाताम म बाटै सुरू गर्छु ।
यति भनेर सिंहले आफ्नो जीवन भरि गरेका कर्तुतहरू सुनाउन लाग्योः
मैले धेरै पाप गरेको छु, मैले धेरै भेंडाहरू, जराहो, हरिणहरूलाइ मारेको छु । एक दुइ पटक त भेंडा मात्र होइन भेडा गोठालालाइ पनि खाएको त्यसैले म साह्रै पापी छु । मैले नै बलिदान चढ्नु परे पनि म तयार छु ।
यो सुने पछि स्यालले थप्यो महाराज तपाइको कार्यत पाप होइन, ति मुर्ख भेंडालाइ खानु पनि पाप हुन्छ त, गोठाला पनि आफैलाइ हामी सबको मालिक बनाएर राखेका छन् । त्यो पनि केहि गल्ति होइन ।
यसरी नै भालु, ब्वाँसो, चितुवा जस्ता हिंसक जनावरको कृयाकलापले पनि सफाइ पाउँदै गए र पापी घोषणा भएनन् ।
त्यस पछि गधाको पालो आएछ, र गधाले भन्नलागेछ ।
मैले पनि पाप गरेको छु । एक दिन बाटो बाटै भारि बोकेर गइराखेको बेला मलाइ साह्रै भोक लागेको थियो त्यसैले बाटो छेउकै पूजाहारीको बारीबाट दुई मुठि गहुँको बाला खाएको थिए ।
स्यालले तत्काल चिच्याएछ, यो त महापाप हो कसरी यसले पूजाहारीको गहुँ चोरि गर्न सक्छ ।
सबैले हो मा हो भनेछन्, र गधालाई बलि दिने निर्णय गरेछन् ।
गधालाई बलिदान दिएर सबै प्रसाद खान झम्टेछन् ।
संसार यस्तै छ, शक्तिशालीको विरुद्ध कोही बोल्दैन तर कमजोरलाई पाए कसैले छाड्दैनन् चेतना भया ।
मत्ती 10:16-17
“हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ। तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्।