ब्वाँसोको छाँया
एक दिन साँझ पख एउटा ब्वाँसो शिकार खेल्न निस्केछ, अलिअलि भोक पनि लागेको थियो उसलाई, त्यसैले ठुलै शिकार खोज्ने बिचार गरेछ । ढल्किन लागेको धामले गर्दा उसको छाँया जमिनमा धेरै पर सम्म देखिँदो रहेछ । जब उ दगुर्थ्यो उसको त्यो छाँया पनि पछि पछि दगुर्न लाग्यो । तत्कालै त्यस ब्वाँसोले त्यो छाँया देखेर दंग परेरः अरे म त त्यति ठुलो पो छु, । त्यस पछि उ धेरै खुशी भएछ, उसले आफ्नो छायाँ हेर्दा आफुलाई सिंह भन्दा पनि धेरै गुना ठुलो ठानेछ ।
म यति ठुलो भएर त्यो नाथे सिंह सँग म किन डराउनु र लुकि लुकि हिँड्नु । त्यसलाई त म आफ्नो सिकार बनाइ हाल्छु नि ।
त्यति सोंचेर त्यो ब्वाँसोले ठुलो थुम्को मुनि पुगे चिच्याउन लागेछः ए नाथे सिंह, म तँ सँग डराउँदिन, सक्छस् भने आइज म सँग भिड्न ।
केही समय नबित्तै एक दम ठुलो छाँयाले त्यस ब्वाँसोलाई ढाकेछ । यो के हो भनेर हेरेको त सिंह पो रै छ । ब्वाँसोले केहि बिचार गर्न नपाउँदै, सिंहको एक हिर्काइले उसको मृत्यु भएछ ।
परिकल्पनाले आफ्नो वास्तविकतालाई न भुलाएको होस् । जब होस् आउँछ ढिलो भइसकेको होला
उपदेशक 5:7
धेरै कल्पना र धेरै शब्दहरू व्यर्थ हुन्। यसकारण परमेश्वरको भय मान।