इसाई संकेत तथा चिन्हहरु भित्रको अर्थ
1. क्रुस (Cross):
क्रुस इसाई धर्मको सबै भन्दा प्रचलित चिन्ह हो। यसलाई चर्च भवनको छानामा, विश्वासीको घरको ढोकामा, अर्थात घर भित्र भित्तामा राखेको पाइन्छ भने कतिले क्रुसको गहना बनाएर लगाउने पनि गर्दछन् । प्राय मण्डली तथा इसाई संघ संस्था को छापमा कुनै न कुनै रूपमा क्रुसको प्रयोग भएको पाइन्छ । क्रुसले येशूको मृत्यु र पुनरुत्थानको संकेत गर्ने भएकोले इसाइहरूले यसको अत्यधिक प्रयोग गर्ने गर्दछन् । क्याथोलिकहरुले येशू सहितको क्रुसको प्रयोग वढि गर्दछन भने प्रोटेस्टान्टहरुले धेरै खाली क्रुसलाई मात्र प्रयोग गरेको पाइन्छ ।
2. ख्रिस्टियन माछा या इच्थस (Christian fish or lchthus):
2. ख्रिस्टियन माछा या इच्थस (Christian fish or lchthus):
ख्रिस्चियन माछा दुइवटा धर्काले रेखांकन गरिएको माछाको चिन्ह हो । Ichthus ग्रिक भाषामा माछा भनेर जनाउँछ । सुसमाचार को पुस्तकमा येशूले माछालाई प्रयोग गरेर धेरै शिक्षा दिनु भएको र माछा सम्बन्धि आश्चर्य कर्महरु गर्नु भएको पाइन्छ । चिन्हको रुपमा माछाको प्रयोग प्राचिनको मण्डलीमा ठुलो सतावट भएको समयमा एक अर्कालाई आफू विश्वासी भएको जनाउ माछा को चिन्ह कोरेर दिन थालियो थालियो । कसैले भुइँमा वा भित्तामा दुई धर्कोले माछाको रेखांकन गऱ्यो भने उ विश्वासी हो भनेर अन्य विश्वासीले चिन्दथे भने अविश्वासीलाई उक्त कुरा थाहा हुँदैनथ्यो । त्यस समय यता सधैं इसाई साहित्यहरूमा माछाको चिन्ह प्रयोग भएको पाइन्छ ।
3. ढुकुर (Dove):
इसाई विश्वासमा एक महत्वपूर्ण चिन्ह मध्ये को हो ढुकुर चरा । यसले यर्दन नदिमा बप्तिस्मा लिए पछि पवित्र आत्मा येशू माथि ओर्लिनु भएको सम्झना गराउँछ । कति इसाई विश्वासीले ढुकुरलाई शान्तिको प्रतिक भनेर पनि मान्दछन् । नोहाको बेलाका घटनाको कारण ढुकुरलाई शान्तिको प्रतिक मान्न थालिएको हो। किनभने ढुकुरले ओलिभ को पात लिएर फर्किएको थियो । येशू स्वयंले पनि ढुकुरलाई निर्दोषताको प्रतिक को रुपमा लिनु भएको थियो ।
3. ढुकुर (Dove):
इसाई विश्वासमा एक महत्वपूर्ण चिन्ह मध्ये को हो ढुकुर चरा । यसले यर्दन नदिमा बप्तिस्मा लिए पछि पवित्र आत्मा येशू माथि ओर्लिनु भएको सम्झना गराउँछ । कति इसाई विश्वासीले ढुकुरलाई शान्तिको प्रतिक भनेर पनि मान्दछन् । नोहाको बेलाका घटनाको कारण ढुकुरलाई शान्तिको प्रतिक मान्न थालिएको हो। किनभने ढुकुरले ओलिभ को पात लिएर फर्किएको थियो । येशू स्वयंले पनि ढुकुरलाई निर्दोषताको प्रतिक को रुपमा लिनु भएको थियो ।
4. अल्फा ओमेगा (Alpha- Omega):
नेपाली भाषामा 'क' र 'ज्ञ' भने जस्तै 'अल्फा' ग्रिक भाषामा पहिलो वर्ण हो भनें 'ओमेगा' अन्तिम र यसले सुरु र अन्त्य दुवै जनाउँछ । अल्फा ओमेगा भनेर हामीले परमेश्वरलाई सम्झन्छौं जो सवैकुराका सुरुवात र अन्त्य दुवै हुनुहुन्छ । प्रकाशको पुस्तकमा परमेश्वरले आफैंलाई अल्फा ओमेगा भन्नु भएको छ कि उहाँ भन्दा अघि कोहि थिएन भने उहाँको पछि पनि कोहि हुनुहुने छैन । सुरुका चर्चहरूमा भित्ता झ्याल अदिमा चित्रकोर्दा होस या मण्डली भवनमा श्रृंगारको बुट्टा भर्दा अल्फा ओमेगा अध्याधिक प्रयो भएको पाइन्छ । वर्तमान समय सम्म विभिन्न इसाई साहित्य तथा प्रकाशन अनि इसाई धर्म संग सम्बन्धित भवन तथा संस्थाहरूमा अल्फा ओमेगा चिन्ह प्रयोग भएको पाउँछौं ।
5. खि - रो (Chi - Rho):
अल्फा ओमेगा जस्तै चिन्हको रूपमा प्रयोग गरिने ग्रीक अल्फावेटको जोडी हो खि रो । ग्रिक भाषामा ख्रिष्ट लेख्द प्रयोग हुने यि वर्णहरू धेरै मण्डलीको छापमा प्रयोग भएको पाइन्छ । यसको प्रयोग पहिलो पटक रोमी सम्राट कन्स्टानटिन ले गरेको विश्वास छ । सम्राट कन्स्टान्टीन ले दर्शनमा खिरो अंकित झण्डा बोकेर युद्ध गर्न जादा विजयी भएको देखेका थिए त्यसैले उनी प्रनि प्रभुको विश्वासी हुन पुगे । उनको पालाको सिक्काहरुमा यि चिन्हहरू देखिन्छन् ।


6. लंगूर ( Anchor)
अर्थोडक्स चर्चहरुमा अत्याधिक प्रयोग हुने यि पानि जहाज अड्याउने लंगुरले परमेश्वरमा विश्वासीले राखेको भरोसा र निश्चयता दर्शाउछ भने परमेश्वरले हामीलाई सधैं जोगाउनु हुन्छ भन्ने आसा पनि रहन्छ । यसको आकार क्रुस संग मिल्दो जुल्दो भएको ले यो धेरै प्रचलित हुन पुगेको हो। अर्थोडक्स चर्चका विसपहरुको पहिरनमा विशेष यस चिन्ह राखिएको देखिन्छ ।
7. ज्वाला (flame)
ज्वालाले परमेश्वरको उपस्थिति लाई जनाउँछ जसको कारण धेरै मण्डलीले आराधना स्थलमा मैन बत्ती तथा पानस बाल्ने गर्दछन । हामी विश्वासीलाइ ज्वालाले येशू संसारको ज्योती हुनुहुन्छ भनेर सिकाउँछ त्यस्तै विश्वासीहरूमा पवित्र आत्मा आउनु भएको पनि सम्झना गराउँछ ।


8. त्रिकोण (Triangle)
इसाइ विश्वासको सबै महत्वपूर्ण विश्वास त्रीएक परमेश्वर माथिको परमेश्वर हुनुहुन्छ । जस अनुसार पिता, पुत्र तथा प्रभु येशू ख्रीष्ट सबै समानरूपमा परमेश्वर हुनुहुन्छ तर उहाँहरू सबै फरक फरक व्यक्तित्व भए पनि एक मात्र परमेश्वर हुनुहुन्छ। त्यसैले यस त्रीनवटा अस्तित्व भएको एक मात्र परमेश्वरलाइ व्यक्त गर्न मण्डलीहरूले विभिन्न संकेत तथा चिन्ह प्रयोग गरेको पाउँछाैं । सबै भन्दा बढि त्रीकोणलाइ प्रयोग गरिन्छ। र यस त्रिकोणलाइ पनि कलात्मक तथा रचनात्मक तरिकाले विभिन्न रूपमा प्रयोग गरेको पाउँछाैं ।
मण्डलीको इतिहासमा मण्डलीहरुले यस्ता चिन्हहरू विभिन्न महत्व दर्शाउन अनेक रूपमा प्रयोग भएको पाइन्छ । यि चिन्ह तथा संकेतहरु आफैमा महत्वपूर्ण होइनन् ति चिन्हहरुलाई परमेश्वरको सत्यताको प्रतिकको रूपमा सम्झनाको लागी तथा शिक्षाको लागि हामीले प्रयोग गर्न सक्छौं । ति चिन्ह पछाडीको सत्यतालाई विर्सेर चिन्हलाई मात्र महत्व दियौं भनें हामीले गरेका चिन्हको प्रयोग मूर्तिपुजा जस्तो हुन आउँछ । हामीले यि चिन्हहरू प्रयोग गरी परमेश्वरको सत्यतालाई बढवा दिने सेवाकाईमा अघि बढौं ।