हल्लेलुयाह शब्दको अर्थ जानेर प्रयोग गरौं ( Meaning of Hallelujah)

हल्लेलुयाह शब्दको अर्थ

इसाई जीवनको आनन्द भनेको हामीले कुनै पनि अवस्थामा परमेश्वरको महिमा गर्न पाउनु र गर्न सक्नु हो । हामीले धन्यवाद दिएर होस् या गीत भजन गएर धेरै तरिकाले परमेश्वरको महिमा गर्न सक्छौं । सवैभन्दा छोटो र सजीलो तरिकाले कुनैपनि अवस्थामा परमेश्वरलाई महिमा दिने तरिका हो हल्लेलुयाह । हामीले परमेशवालाई धन्यवाद दिनुपर्यो या कुनै राम्रो कार्य हुनआयो हामीले हल्लेलुयाह भन्न सक्छौं । हल्लेलुया नेपाली बाइबल मा पनि प्रसस्त पाइन्छ, हामीले हल्लेलुयाह भएक भजन कोरसहरू धेरै गाउने गर्छौ तर यो शब्द नेपाली भाषाको होइन । हामीले परमेश्वरको महिमा गर्दा प्रयोग गरेपनि यस शब्दको बनोट बारे थाहा नहुन सक्छ । यसैलाई यस लेखमा छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।

"हल्लेलुयाह" शब्दको बनोट

हल्लेलुयाह शब्द हिब्रु भाषाको दुईवटा छुट्टा छुट्टै शब्दहरू जोडिएर बनेको एउटा मिश्रीत शब्द हो । पहिलो "हल्लेलु " - हिब्रू शब्द हिलेल बाट आएको हो । हिलेलको अर्थ महिमा गर्नु वा प्रशंसा गर्नु भन्ने हुन्छ । यो शब्द बाइबलमा सैंयौं पटक प्रयोग भएको छ । पछाडीको "याह" भाग यहोवे भन्ने शब्दको छोटो रूप हो। त्यसैले हल्लेलुयाह को ठेट अर्थ यहोवेको प्रशंसा हुन्छ । हलाल भन्ने अको शब्द पनि यसै सँग मिल्न जान्छ तर बाइबलमा हलाल थोरै मात्रमा प्रयोग भएको छ । हलाल शब्द इस्लाम धर्म मान्नेहरूले प्रयोग गर्दछन।

हल्लेलुयाहको प्रयोग

हामीले हल्लेलुयाहको अर्थ यहोवेको प्रशंसा भनेर जानि सकेका छौं । बाइबलमा नै हल्लेलुयादको हिलेल भन्ने शब्द परमेश्वरलाई मात्र नभई मानिसको तारिफमा पनि प्रयोग भएको छ जस्तो उत्पत्ति 12:15 मा साराई को तारिफ गर्दा र हितोपदेश 28:4 मा दुष्टको प्रशंसा गर्दा पनि यहि शब्दको प्रयोग भएको छ । तरै पनि हल्लेलुयाह को सहि अर्थ कसको प्रसंसा गर्नमा हामिले प्रयोग गरेका छौं । विशेष गरी हिलेल मा याह थपेर हल्लेलुयाह बनाइ सके पछि हामीले यो शब्दलाई सहि ठाँउमा प्रयोग गर्नु पर्छ किनभने हामीले परमेश्वरको नाम व्यर्थमा लिनु हुँदैन (प्रस्थान 20:7)। त्यसैले हामीले परमेश्वरको महिमा गर्ने बाहेक को अवस्थामा हासी मजाकमा अरुलाई गिल्ला गर्दा वा दुष्ट र कुराहरूको वयान गर्दा हल्लेलुयाहको प्रयोग कदापि गर्नु हुदैन ।

Read More