फ्यानी जे. क्रस्वि- आँखा देख्नेहरू भन्दा वढि देख्ने अन्धी भजन लेखिका- येशू हुन मेरो कस्तो विलास (History of Hymn Blessed assurance)

 फ्यानी जे. क्रस्वि- आँखा देख्नेहरू भन्दा वढि देख्ने अन्धी भजन लेखिका- येशू हुन मेरो कस्तो विलास (History of Hymn Blessed assurance)


१. येशू हुन्‌ मेरो कस्तो विलास, दिँदछन्‌ मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर, उनमा म बस्छु सधैँ निडर ।
को. यो मेरो हाल छ, यो मेरो गान गर्छु प्रशंसा प्रतिदिनै (२)
२. पूरा भरोसा, आनन्द र सुख, अब मेरो मनमा न शोक न दुःख
ख्रीष्टबाट भयो दयाको ज्ञान, दूतगण अब गर्छन्‌ प्रेमको बखान ।
३. विश्वास म राख्छु, ख्रीष्ट मेरो नाथ, उनैमा बस्छु सुरक्षासाथ
उनैमा प्रेमले पाउँछु विश्राम जानेछु अन्तमा स्वर्गीय लोक ।

संसार भरि नै सवै भन्दा प्रख्यात भजनहरु मध्ये को गित हो। यो गित सुन्दा हामी जति अशिसित हुन्छौं यदि यो गित लेखने लेखिका अन्धो थिइन जसले जन्मेको ६ महिनामै आँखाको ज्योति गुमाउनु पर्‍यो भन्ने हामीलाई थाहा भयो भने झनै आसिसित हुने छौं। शारिरिक आँखा नदेखे पनि आत्मिकी आँखा चम्कलो भएकी भजन लेखिका हुन् फ्यानी जे. क्रस्वि।

फ्यानी जे. क्रस्वी को जन्म न्यूयोर्कको पुटनाम काउन्टीमा मार्च 1820 को 24 तारिख का दिन भएको थियो । उनी स्वस्थरूपमा जन्मेकी थिइन तर डाक्टरको लापर्वाहिको कारण उनले आँखाको ज्योति गुमाउनु पर्‍यो। उनले आखा ६ महिनामै गुमाउनु परेता पनि उहाँको जीवनमा परमेश्वरको अचम्मको कार्यमा कुनै रोकावट आएन। फ्यानीले ६ वर्षको उमेर देखी गीत लेख्न थाल्नु भयो। १५ वर्षमा न्यूयोर्क भएको अन्धाहरूको स्कुलमा भर्ना हुनुभयो र २२ वर्षको उमेरमा त्यहि स्कुलको शिक्षक हुनुभयो जहाँ साहित्य र इतिहास पढाउनुभयो। सन् 1885 मा सोहि विद्यालयको एक शिक्षक आलेक्सजेन्डर भ्यान अलस्टाइन सँग वैवाहिक जीवनमा बाधिनु भयो । आलेक्सजेन्डर संगितकार थिए र फ्यानी जस्तै साहित्य प्रेमी थिए। फ्यानलाई परमेश्वरले आमा हुने मौका पनि दिनु भयो तर उनको वच्चालाई परमेश्वरले छिट्टै आफूकहाँ लानुभयो ।

फ्यानीको अमेरीकाका धेरै राष्ट्रपतिहरु सँग नजिकको सम्बन्ध थियो । अमेरीकाको सदन (कांग्रेस) मा अन्धाहरूको शिक्षा बारेमा वक्तब्य पनि दिइन। उनले आफ्नो जीवनकालमा धार्मिक बाहेकका गितहरू पनि 1000 वटा लेखिन । उनले लेखेका चार वटा कविताका पुस्तकहरू प्रकासित भए भने उनले लेखेका दुई जीवनीहरू मानिसहरूले धेरै पढेका थिए।

८ हजार भजन लेखेकी फ्यानीले आफ्नो विश्वास र परमेश्वर संग को सम्बन्धबाट प्रेरित भएर भजन तयार गर्दथिन्। येशू हुन मेरो कस्तो विलास भन्ने भजन भने अचम्मले तयार भएको थियो । एकदिन संगितकार फिवि पाल्मर न्याप ले फ्यानी लाई आफूले तयार गरेको एउटा धुन सुनाइन र उनले सोधिन यो धुन सुन्दा तिमीलाई के को स्मरण आउँछ ? तत्काल फ्यानीले घुँडा टेकेर प्रार्थना गर्न लागीन र छोटो प्रार्थना पछि उठेर उत्तर दिइन "येशू हुन मेरो कस्तो विलास"। अनि तत्कालै सो भजनको पहिलो अन्तरा फरर गाउन लागिन। फ्यानीले यसरी कतिवटा पहिले नै तयार भएका धुनमा शब्द भर्ने काम गरिन भने कति आफुले शब्दलेखेर धुन भर्नको लागी दिइन ।

येशू हुन मेरो कस्तो विलास भजन संसाले टप टेन भजनहरू मध्ये पर्दछ । यस भजन शिषर्क भएका धेरै लेखहरू, वचन हरु तथा पुस्तकहर पनि तयार भएका छन् ।


Read More