वर्तमान अवस्थामा येशू को चिहान 

येशूलाई क्रुसमा टाँगिएको र गाडिएको स्थानमा चर्च स्थापना गरिएको छ। उक्त चर्चलाई पवित्र चिहानको मण्डली अर्थात (church of Holy Sepulchre) भनिन्छ। बाइबल मा यूहन्ना १९:४१ ४२ सम्म हेर्यौं भनें उहाँको चिहान उहाँलाई मृत्युदण्ड दिइएको स्थान नजिकै रहेको थाहा हुन्छ। त्यसैले यि दुबै स्थानलाई भित्र पार्ने गरी चर्च बनाइएको छ।
यस स्थानमा सन् ३३६ मा मण्डली स्थापना गरिएको थियो। यो मण्डली इतिहासको विभिन्न चरणमा विभिन्न समुह तथा शासक को आक्रमण परेर धेरै पटक पुर्ननिमाण तथा जिर्ण उद्दार भएको पाउँछौं। वर्तमान अवस्थामा रहेको मण्डली सन् 1810 मा पुननिर्माण भएको हो। यस मण्डलीको विभिन भागमा रोमन काथोलिक, ग्रिक अर्थोडक्स, अर्मिनयन र कप्टिक चर्च हरुले संगती तथा कार्यक्रमहरू चलाउने गर्दछन्।