मशिह - बाइबलमा दुर्लव प्रयोग भएको तर प्रचलित शब्द

 मशिह - बाइबलमा दुर्लव प्रयोग भएको तर प्रचलित शब्द



हामी हाम्रो प्रभु लाई येशू मशिह भनेर चिन्दछौं । येशू त हाम्रो प्रभुको सांसारिक नाम हो, नयाँ विश्वासीहरूलाई त्यसो भए मशिह उहाको थर हो र? भन्ने कौतुहलता पनि आउन सक्छ । नयाँ करारमा येशूलाई मशिह भनेर चिनाइएको मात्र दुई ठाउँमा पाउँछौं अन्य स्थानमा उहालाई ख्रीष्ट नै भनिएको छ। बाइबल अनुसार नै मसीहलाई अर्थ हो, ख्रीष्‍ट अर्थात अभिषिक्त जन l

यूहन्‍ना 4:25‭-‬26 त्‍यस स्‍त्रीले उहाँलाई भनी, “म जान्‍दछु, कि मसीह आउनुहुन्‍छ (जसलाई ख्रीष्‍ट भनिन्‍छ), र जब उहाँ आउनुहुन्‍छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।” येशूले तिनलाई भन्‍नुभयो, “तिमीसँग बोल्‍ने, म उही हुँ।”‬‬

यस पदमा येशू आफैले पनि आफू मशिह भएको घोषणा गर्नु भएको छ । आफू मशिह भएको भनेर प्रभुले आफू सैयौं वर्ष अघि परमेश्वरद्वारा प्रतिज्ञा गरीएको आफ्नो मानिसलाई छुट्कारा दिन आउनु भएको घोषणा गर्नु भयो। येशूलाई मशिह भनिएको अर्को पद हो यूहन्ना 1:41 जहाँ आन्द्रियासले पहिलो पटक येशूलाई भेटे पछि पत्रुसलाई गएर आफूले मशिहलाई भेटेको बताएका छन्।

तिनले पहिले आफ्‍ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्‍ट) भेट्टाएका छौं।” (यूहन्‍ना 1:41)

नया करारमा मशिह शब्द विरलै पाइनु अचम्मको कुरा होइन किनभने येशू आफैले चेलाहरूलाई यो शिर्षकले नबोलाउनु भन्नु भएको थियो।

उहाँ ख्रीष्‍ट हुनुहुन्‍छ भनी कसैलाई नभन्‍नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो। मत्ती 16:20

येहुदीहरूले मशिह एक राजनैनितिक रुपमा इस्राएललाई रोमको हातबाट छुटाउनु हुनेछ भनि सोचेका थिए तर येशूले आत्मिक मशिह भएर मानिसलाई पापबाट छुटाउन आउनु भयो। त्यसैले मानिसहरुले उहाँलाई गलत बुझेको येशूले चाहनु भएन।

 मशिह भन्ने शब्द धेरै नदोहोरिएको भए पनि नया करारमा उस्तै अर्थ दिने ग्रीक शब्द ख्रीष्ट उल्लेख्य रूपमा प्रयोग भएको पाइन्छ । ख्रीष्टको अर्थ पनि मशिहको जस्तै अभिषिक्त जन भन्ने हुन्छ अर्थात परमेश्वरले छान्नु भएको भन्ने अर्थ लाग्दछ।

पुरानो करारमा मशिहको बारेमा उल्लेख गर्दा पनि मशिह शब्द धेरै प्रयोग भएको देखिँदैन। यसरी परमेश्वरको नाउँमा आउने अभिषिक्त जनलाई राज कुमार (दानिएल 8:25) , शासक (मिका 5:2), दास (येशैया 53:11) आदि सम्बोधन दिइएको पाइन्छ। दानिएल ले एकपटक उहालाई अभिषिक्त जन अर्थात हिब्रुमा मशिह शब्द प्रयोग गरेका छन्।

“यो जान र बुझ, यरूशलेमको पुनर्स्‍थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात्‌ एक शासक नआउञ्‍जेलसम्‍म सात ‘सातहरू’ र बयसट्ठी ‘सातहरू’ हुनेछन्‌। गल्‍ली र सुरुङहरूसहित यसको पुनर्निर्माण हुनेछ, तर दु:खको समयमा। दानिएल 9:25

 मशिह शब्द नै अभिषेक भन्ने शब्द सँग जोडिएको छ त्यसैले येशू लाई मशिह भनि हामीले उहाँ परमेश्वरको कामको निम्ति विशेष रूपमा नियुक्त प्राप्त गर्नु भएको छ भन्ने जानिन्छ। उहाँ अभिसित हुनु भएकोले एक अभिषित जनले जस्तै येशूले पुजाहरीको रुपमा ; राजाको रुपमा र अगमवक्ताको रुपमा मानिसको सेवा गर्नु भयो। संसारका अभिषित व्यक्तिहरू पुजाहारी, राजा, तथा अगमवक्ता)ले पुरागर्न नसकेको काम प्रभु येशू एक्लैले पुरागर्नु भयो किन भने उहाँ आफै परमेश्वर हुनुहुन्थ्यो ।-----------


Read More