मण्डली इतिहासको महत्वपूर्ण घटना - 1 येरूशलेम को मन्दिरको ध्वस्त (इ.सं. 66)

मण्डली इतिहासको महत्वपूर्ण घटना - 1 येरूशलेम को मन्दिरको ध्वस्त (इ.सं. 66)
Important Events of Church History Part- 1 : Destruction of Jerusalem Temple




सन 66 तिर पैसालाई रुचाउने तर यहुदीहरुलाई अति घृणा गर्ने व्यक्ति गेसिअस फ्लोरसले रोमी प्रशासकको रूपमा यहुदियालाई हेरिरहेका थिए। तर जब उनले उठाउनु पर्ने कर थोरै देखियो उनले धार्मिक सम्बेदनसिलताको वास्ता नगरी येरूशलेममा भएको येहुदीहरुको पवित्र मन्दिर भित्र पसेर त्यहाको ढुकुटीमा रहेको चाँदिलाई कब्जा गरे । यो नै येहुदी माझ रोमी शासन प्रतिको असन्तुष्टिको बाँध फुट्ने कारक बन्यो र इतिहाँसकै येहुदीहरुको सबै भन्दा भयानक विद्रोह सुरु भयो।

यहुदी विद्रोह


येहुदीहरु को विद्रोह मृत सागरको किनारमा रहेको मासादा भन्ने ठाउबाट सुरु भयो। फ्लोरसको कार्य तथा उतिबादी येहुदी ( Zealots) को उक्साइको कारण येहुदीहरुले मासादामा भएको रोमी सैन्य अखडामा हमला गरे र अचम्म तरिकाले विजय पनि प्राप्त गरे। त्यस समय सम्म येरूशलेनको मन्दिर उनिहरुको लागि एकता तथा आस्थाको केन्द्र थियो। र यस विद्रोहमा मन्दिरका पुजारीहरुले पनि समर्थन जनाए र उनिहरुले रोमी सम्राट कैसरलाई आदर गर्न छोडिदिए। र येरूशलेम भरि नै विद्रोहको ज्वाला सल्कियो र येहुडीहरुले रोमी सेनाहरुलाई निस्कासन गर्ने तथा मार्ने गर्न थाले। 

येहुदीयालाई पनि हेर्ने राज्यपाल सेस्टिअस गालस ले सिरिया बाट बिसहजार सैनिकहरु लिएर आए र छ महिना सम्म येसशलेममा आक्रमण गरे । तर उनले विजय हात पार्न सकेनन् । उनका करिब छ हजार सैनिकहरु मारिए। सम्राट नेरोले महान युद्ध नायक भेस्पासियनलाई येहुदीयाको बिद्रोहीलाई दबाउन नियुक्ती गरे । 

भेस्पासियनले गालिलीमा भएको विदोहलाई जितेर यर्दन नदि पारि को क्षेत्रलाई पनि नियन्त्रणमा लिए। पछि येरूशलेमलाई चारै तिरबाट घेराउ गरे। यो युद्ध समाप्त हुनु भन्दा पहिले नै सम्राट नेरोको मृत्यू भयो र भेस्पासियनलाई सम्राट नियुक्ति गर्ने बोलवट भयो रोममा । भेस्वासियन ले आफ्नो छोरा टाइटस लाई युद्धको जिम्मा लगाए ।

विद्रोहको समाप्ति


येरूशलेम विस्तारै चारै तर्फबाट घेराउमा पऱ्यो र आफ्नो बचाउ मा उभिनु पऱ्यो । शहरमा भोकमरी फैलियो र येहु दी सैनिकहरु कम्जेर भए। त्यस बखत रोमीहरुले विभिन्न हतियारले आफुलाई बलियो बनाएका थिए। उनिहरुले ठूला ठूला ढुङ्गाहरु फ्याक्ने यन्त्र पनि ल्याए । येरुसलेमका पर्खालहरु एक एक गर्दै भत्किदै गए। 

येहुदी शैनिकहरू दिनभरी युद्ध गर्ने र राति पर्खाल पुननिर्माण गर्ने गरी जुटिरहेका थिए । तर यो प्रयास लामो समय सम्म टिक्न सकेन। कालान्तरमा वाहिरी पर्खाल पूर्णरुपमा ध्वस्त भयो । त्यस्तै दोस्रो पर्खाल पनि भत्कियो र रोमी सेनाहरुले पूर्णरूपमा विजय हासील गरे ।

टाइटसले मन्दिरलाई बचाउने विचार गरेका हेरा हुँदै पनि येहुदी सँग रिसाएका रोमी शैनिकहरुले मन्दिरमा आगो लगाइदिए र त्यैहा भएका महत्वपूर्ण सामाग्रिहरु आफ्नो विजयको इनाम स्वरूप लिएर गए।



विद्रोहको परिणाम


1 . येहुदी विद्रोह र त्यस पछि का घटनाले येहुदी राज्यको अन्त्य गऱ्यो । लगभग 1900 वर्ष पछि वर्तमान इस्राएल राज्य स्थापना नहुँदा सम्म मण्डली इतिहाँस भरी त्यहाँ कुनै इसाएल राज्य थिएन ।

2. मन्दिर केन्द्रित इसएलीहरुको विश्वास र धार्मिक ( वलिदान आदी) क्रियाकलाप को अन्त्य भयो र नयाँ प्रकारको (गुरु रबि द्वारा दिइने) शिक्षा केन्द्रित धामिकताको विकास भयो।

3 . इसाई विश्वासीहरुले युद्ध र विद्रोह मा सहभागि नभएको कारण येहुदी संगको सम्बन्ध विथोलियो। येहुदी सभा घरहरुमा येहुदी इसाईहरुलाई प्रवेस निषेध गरिएको थियो । 

4. यस घटना पछि मण्डलीमा येहु दी भन्दा गैर यहुदी वाहुल्यता बढ्दै गयो । कालान्तरमा इसाई विश्वास येहुदी झुण्ड मात्र नभएर छुट्टै धर्मको रूपमा विकास हुन सुरुवात भयो।


Read More