हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान- एफीसी 1:1-6 मनन् || Devotion Ephesian 1:1-6

 Ephesians 1:1-6 वचन मनन - ‭एफिसी 1:1-6 

[1] परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, ख्रीष्‍ट येशूमा विश्‍वासी एफिससमा भएका सन्‍तहरूलाई: [2] हाम्रा परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।  [3] हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ। [4] उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। [5] उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, [6] यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्‌। 



 व्याख्या : 

एफिसीको पत्र पावलले एफिसी मा भएको मण्डलीलाई इ.सं ६० तिर लेखेका थिए। यस पत्र लेख्ने समयमा पावल सुसमाचारको कारण रोमको झ्यालखानामा थुनिएका थिए । उनले यो पत्र एफिसीका मण्डलीहरूलाई उत्साह प्रदान गर्न लेखेका हुन् । - यस पत्रको पहिलो आधा भागमा परमेश्वरले  गर्नुभएको कार्यको व्याख्या गरेका छन् भने पछिल्लो आधा भागमा मण्डलीले कसरी परमेश्वरले चाहनु भए अनुसारको कार्य गर्ने सक्छ भन्ने अभिप्राय अनुसारको निर्देशन दिएको पाइन्छ ।

आज हामीले पढेको खण्डमा पावलले मण्डलीलाई अभिवादन गर्दै ख्रीष्टमा भएको आफ्नो नयाँ पहिचान "ख्रीष्ट येशूको प्रेरित" देखाएका छन् । मण्डलीलाई प्रभुको अनुग्रह तथा शान्तिको आशीष दिएका छन् भने सबै आशिषको श्रोत परमेश्वरको बढाई तथा प्रशंसा गरेका छन्।

हामीले प्रभुसँग जोडिन पाउनु परमेश्वरको बोलावट हो । परमेश्वरले हामीलाई ख्रिष्टद्वारा परमेश्वरको स्वरूपमा जोड्नु भएको छ। परमेश्वर ले हाम्रो जीवनको लागि राख्नु भएको योजना यो हो कि हामी पापबाट निष्कलङ्क रहन सकौं। यहाँ मानिस प्रति परमेश्वरको प्रेम तथा  महान् योजना प्रकट गरिएको छ।


मनन को लागि केही प्रश्नहरू : 

  • यस खण्डको सुरुवातमा पावलले आफैलाई ख्रीष्टको प्रेरित भनि चिनाएका छन् ?  येशू  ख्रीष्ट मा तपाईको आफ्नै परिचय के हो ? मानिसको सामु आफूलाई के भनेर चिनाउनुहुन्छ ?
  • चार पदमा पावलले हामीलाई परमेश्वरले "उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर हामीलाई चुन्‍नुभयो" भनि लेखेका छन् । परमेश्वरले तपाइलाई पनि चुन्नुभएको हो भन्ने थाहा छ ? के परमेश्वरले जुन योजनामा बोलाउनु भएको छ सो तपाइको आफ्नै जीवनमा पुराभएको छ ?
  • पावलले येशू ख्रीष्टमा  परमेश्वर ले हाम्रो लागि गर्नु भएको महान् कामको लागि महिमा दिएका छन् । तपाइ को आफ्नो जीवनमा परमेश्वरलाई महिमा दिनु पर्ने कारणहरू के के देख्नु भएको छ ?


प्रार्थना: 

प्रभु पावलले एफिसीलाई लेखेको पत्रद्वारा तपाई ले हामीलाई गर्नुभएको मदान कार्य देखाउनु भएको छ तपाइलाई धन्यवाद छ । तपाईले मेरो जीवनमा सृष्टि अघि बाटै तानु भएको योजना पुरा गर्न सकेको हुं। मलाई सहायता र अगुवाई गर्नुहोस् ।

Read More