एफिसी 1:7-14 - आत्माको बैना पाएका हामी || Devotion Ephesians 1:7-14

आत्माको बैना पाएका हामी  || Devotion Ephesians 1:7-14

- ‭एफिसी 1:7-14

[7] उहाँको अपार अनुग्रहअनुसार ख्रीष्‍टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, [8] जुन अनुग्रह उहाँले हामीलाई प्रशस्‍त मात्रामा दिनुभयो। [9] किनकि सम्‍पूर्ण बुद्धि र आन्‍तरिक समझमा ख्रीष्‍टमा राख्‍नुभएको उद्देश्‍यअनुसार उहाँले आफ्‍नो इच्‍छाको रहस्‍य हामीलाई जान्‍न दिनुभएको छ, [10] ताकि समय पूरा भएपछि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनमा आऊन्‌। [11] उहाँमा, जसले सबै कुरा आफ्‍नो इच्‍छाको योजनाअनुसार पूरा गर्नुहुन्‍छ, आफ्‍नो अभिप्रायअनुसार [12] हामी ख्रीष्‍टमा पहिलेदेखि आशा राख्‍नेहरूलाई उहाँले आफ्‍नो महिमाको प्रशंसाको निम्‍ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्‍नुभएको छ। [13] तिमीहरू, जसले सत्‍यको वचन, अर्थात्‌ आफ्‍नो मुक्तिको सुसमाचार सुन्‍यौ, र उहाँमा विश्‍वास गर्‍यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्‍माको छाप लगाइएको थियो। [14] परमेश्‍वरको आफ्‍नो सम्‍पत्ति, अर्थात्‌ हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्‍म उहाँका महिमाको प्रशंसाको निम्‍ति पवित्र आत्‍मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्‍छ। 




व्याख्या : 


केही किनमेल गर्दा पुरा भुक्तानी नभइन्जेल सम्म त्यस किनमेललाई पक्का र निश्चिन्त गराउन वैना दिने गरिन्छ । हाम्रो पापको मुल्य तथा स्वर्ग जान चाहिने सबैकुरा येशूले हामीलाई उपलब्ध गराउनु भएको छ । त्यस आत्मिकी किनमेल को बैना हामीले पवित्र आत्मा पाएका छौं। 

एफिसीको आजको खण्डलाई हेयौं भनें परमेश्वाले हाम्रो गल्तिको हिसाब नगरी हामीलाई क्षमा गर्नु भएको पाउँछौं। जव परमेश्वरले हामीलाई हेर्नुहुन्छ हामीलाई हाम्रो पापमय रूपमा मात्र नभई हाम्रो पापको लागि बहाउनुभएको येशूको रगत सहित हेर्नुहुन्छ। जहाँ हाम्रो पाप को मुल्य चुकाइएको छ अब परमेश्वर ले गर्नुहुने न्यायको दिनमा हामी ले सजाय भोग्नु पर्दैन ।  १३ पदलाई विशेष गरी हेर्दा हामीले देख्छौं कि हामी पवित्र आत्माको छाप समेत लगाईएका छौं। पवित्र आत्माको छापको अर्थ यो कि हामी येशू ख्रीष्टबाट पाप को दाग पखालिएको मानिसहरु हौं। येशूमा राखेको हाम्रो विश्वासमा हामीले छुटकारा पाएका छौं। हामी हाम्रो मुक्तिमा निश्चिन्त रहन सक्छौं।


मनन

१० पद अनुसार "स्‍वर्ग र पृथ्‍वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनमा" ल्याउने परमेश्वरको इच्छा र चाहना छ। हामी परमेश्वरबाट छानिएका भएको हैसियतमा परमेश्वरको यस महान योजनामा के र कति योग्दान गर्न सक्छौं?


१२ पदमा पावलले हामीलाई "महिमाको प्रशंसाको निम्‍ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्‍नुभएको छ " भनि लेखेका छन् ? हामीलाई परमेश्वरले कस्तो महिमाको निम्ती छान्नु भएको हो त ? कसरी परमेश्वरले योजना गर्नु भएको महिमा हामीले परमेश्वरलाई दिन सक्छौं ?


१३ पदमा हामी "पवित्र आत्‍माको छाप लगाइएका" भनि उल्लेख गरेको छ। हामी आत्माको छाप लगाइएको भएर हामी जीवन र भविष्य को बारेमा के कुरामा  निश्चिन्त  रहन सकेका छ ?


प्रार्थना: 

प्रभु मलाई आफ्नो पुत्र येशू दारा आफ्नो परिवारमा सामेल गराउनु भएकोमा धन्यवाद दिन्छु । मेरा पाप तथा कमजोरी सबैलाई मेटेर सित्तैमा मुक्ति दिने परमेश्वर तपाई हुनुहुन्छ । प्रभु  मानिसको सामु तपाईको यस अचम्मको प्रेम को प्रचार गर्न मलाई सहायता गर्नुहोस् । धन्यवाद ।

Read More